काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको नागरिकता विवादमाथि प्रहरीले छानबिन सुरु गरेको छ । काठमाडौं प्रहरीले लामिछानेको नागरिकता विवादमाथि छानबिन सुरु गरेको प्रहरीले स्रोतले बतायो।
चितवन क्षेत्र नं २ बाट विजयीसमेत भइसकेका लामिछानेमाथि ‘त्याग गरिसकेको’ नागरिकताको प्रमाणपत्र बुझाएको आरोप छ । नागरिकता विवादमा मुछिएपछि लामिछानेविरुद्ध गृह मन्त्रालयमा उजुरी परेको थियो।
उक्त उजुरीमाथि छानबिनका लागि गृहले जिल्ला प्रशासन कार्यालय र प्रशासनले अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरमा पठाएको थियो। ‘गृह, प्रशासन कार्यालय हुँदै छानबिनका लागि पत्र हामीकहाँ आएको छ। नागरिकता विवादमाथि हामीले अनुसन्धान सुरु गरिसकेका छौं,’ प्रहरी स्रोतले बताएको छ ।
लामिछानेले चितवन-२ मा सत्ता गठबन्धनका उम्मेदवार उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेललाई पराजित गरेका थिए ।