माओवादीमा पार्टी नेतृत्व हस्तान्तरणको माग
काठमाडौं । माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सरकारमा गएपछि पार्टी सञ्चालनका लागि कार्यकारी नेतृत्व तोक्नुपर्ने माग उठेको छ । अध्यक्ष प्रचण्डले दुईपटक सरकार र पार्टी आफैँले नेतृत्व गरेको पार्टी सचिव गणेश साहले बताए ।