दलहरू जुटे निर्वाचनमा
काठमाडौं । सरकारले मिति घोषणा गरेपछि राजनीतिक दलहरू स्थानीय तह निर्वाचन केन्द्रित तयारीमा जुट्न थालेका छन् । प्रदेश र संघको निर्वाचनलाई प्रत्यक्ष प्रभाव पार्न सक्ने भएकाले पनि स्थानीय निर्वाचनमा पहिलो हुने गरी रणनीति बनाउँदै दलहरू तयारीमा जुट्न लागेका हुन् ।