राप्रपा नेपालको दबाबमूलक प्रदर्शनमा प्रहरीको लाठीचार्ज
काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गरेको दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । र्यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो । सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो ।