काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो काँधमा जिम्मेवारी अझ थपिएको बताएका छन्।
तेस्रोपटक विश्वासको मत पाएपछि संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनताको पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी बढेको बताए ।
‘तेस्रोपटक विश्वासको मत पाएर काँधमा जिम्मेवारी थपिएको छ। जनताका पक्षमा तीव्र गतिमा काम गर्ने जिम्मेवारी थपिएको महसुस गरेको छु,’ उनले भने। उनले संसदमा तीनपटक अलगऔअलग अनुभूतिसमेत पाएको बताए।
प्रधानमन्त्री प्रचण्डले बुधबार तेस्रोपटक विश्वासको मत पाएका थिए । सभामुख देवराज घिमिरेका अनुसार प्रधानमन्त्रीको पक्षमा १५७ मत र विपक्षमा ११० मत र दिन्न भन्नेमा १ मत खसेको थियो ।



















