काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले गरेको दबाबमूलक प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ ।
र्यालीमा सहभागी नेता कार्यकर्ता र प्रहरीबीच ठेलमठेल भएको हो ।
सुन्धारामा सवारी आवागमनमा अवरोध भएको भन्दै प्रदर्शनकारीलाई एक लेनमा हिँड्न प्रहरीले आग्रह गरेको थियो । तर, र्याली दुई लेनमै अघि बढेपछि स्थिति असामान्य बनेको हो ।
दुई लेनमा हिँडेका प्रदर्शनकारीमाथि प्रहरीले लाठी प्रहार गरेपछि दुई पक्षबीच ठेलमठेल भएको छ ।






















