गैरकम्युनिष्ट पार्टी खोल्ने तयारीमा रावल, सूदूरपश्चिमका नेतासँग सल्लाह
काठमाडौं । नेकपा एमालेबाट हालै निष्कासनमा परेका नेता डा. भीम रावलले नयाँ पार्टी खोल्ने तयारी गरेका छन् । गत १० पुसमा एमालेले पार्टीको संगठित सदस्यबाट हटाउने निर्णय गरेपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले सुदूरपश्चिमतिरका नेताहरुसँग भेटवार्ता गरिरहेका छन् ।