काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको पार्टी पदाधिकारीहरूको बैठक आज दिउँसो ललितपुरस्थित कुपण्डोलको हिमालय होटलमा बस्ने भएको छ। बैठक दिउँसो १ बजेका लागि तय गरिएको हो ।
बैठकमा यही असोज २६ गते बस्ने केन्द्रीय समिति बैठकको कार्यसूचीबारे छलफल हुने कांग्रेस नेताहरूले बताएका छन्।
भदौ २३ र २४ गतेको जेनजी युवा आन्दोलनपछि देउवाले पहिलोपटक पदाधिकारीहरूको औपचारिक बैठक बोलाएका हुन्। आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) देउवा र उनकी पत्नी आरजु राणा देउवामाथि बुढानीलकण्ठस्थित निवासमै कुटपिट भएको थियो।
उक्त घटनापछि आगजनीबाट निवासमा क्षति पुगेपछि उनीहरू हाल ललितपुरमा बस्दै आएका छन्। तर उनीहरूको वर्तमान बसोबासबारे औपचारिक जानकारी दिइएको छैन।
























