काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले अहिलेको सरकार जनादेश र संविधान विपरीत बनेको बताएका छन्। बर्तौलाले गृहमन्त्री ओमप्रकाश अर्याल प्रतिशोध, झुट, भ्रम, असत्य र बेइमानको एक असली सेवक भएको आरोप लगाएका छन्।
उनले गृहमन्त्री अर्याल केहि मुठ्ठिभर बुख्याचाहरु खडा गरि उनीहरूमार्फत देशमा शान्ति भंग गराउन अराजक र अनधिकृत कृयाकलापहरु गर्न लगाउने, संवैधानिक निकायलाई दवाब सिर्जना गर्न उक्साउने, पूर्व प्रधानमन्त्री तथा मन्त्रीहरूका विरुद्ध झूटो र षडयन्त्रमूलक कृतिम मुद्दा दर्ता गराउने काममा लागेको दाबी गरेका छन्।
उनले देश र जनताको जिउ धनको सुरक्षाको जिम्मेवारी समेत लिएर बसेको गृहमन्त्री आफैँ मुलुकका सबै क्षेत्रमा भय, त्रास, प्रतिशोध र आतङ्कको साम्राज्य खडा गरि शासनमा रहिरहन सकिन्छ भन्ने खराब चिन्तनबाट उद्धत रहेको दाबी गरे ।

























