काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (वालेन) का गतिविधिमाथि निरन्तर कटाक्ष गरिरहेका छन् ।
जेनजी आन्दोलनका नाममा विदेशीको एजेन्ट बनेर मुलुक ध्वस्त पार्ने मुख्य अभियुक्त नै वालेन हुन् भन्ने मेयर साम्पाङको दावी छ । उनले यही आसयका स्टाटस दिनहुँ लेख्दै आएका छन् । जेनजीहरुले प्रधानमन्त्री बनिदिन गरेको आग्रह अस्वीकार गरेको, आन्दोलनका घाइतेलाई भेट्न नगएको, सहिद परिवारलाई नभेटेको, आन्दोलनका मृतकलाई श्रद्धान्जली दिन नगएको, आफूलाई प्रधानमन्त्री बनाउन सहयोग नगरेको, मन्त्री बन्ने भए विदेशी दूतावाससँग सम्झौता गर्नुपर्ने शर्त राखेको भन्दै मेयर बालेनसँग मेयर साम्पाङ रुष्ट भएका हुन ।
हिजो अस्ति जस्तै आज पनि मेयर साम्पाङले वालेनलाई लक्षित गर्दै दुई/तीन वटा स्टाटस लेखिसकेका छन् । एउटा स्टाटसमा वालेनले दुई दिनअघि आफ्नो वचाउ गर्दै सार्वजनिक गरेको लामो स्टाटसमाथि टिप्पणी गर्दै साम्पाङले प्रधानमन्त्री, गृहमन्त्री, सरकार आफ्नै भएपनि गलत गर्नेले माफी नपाउने भन्दै वालेन पक्राउ पर्न सक्ने संकेत गरेका छन् ।
उनले लेखेका छन् “आफ्नै गृह मन्त्रीले आफैलाई पक्रन्छ कि भन्ने डरले १ बर्षमा लेख्ने मेरो जम्मा स्टेटस भन्दा धेरै लामो स्टेटस लेखी प्रहरीलाई बयान लेख्नु भनेको असफलताको परिचय दिनु हो ! आफ्नै प्रधानमन्त्री, आफ्नै गृह मन्त्री भएर पनि प्रहरी किन आफ्नो बन्न सकेन था छ ? किनकि देशलाई धोका दिने मान्छेको सरकार आफ्नो भएनि राज्य आफ्नो हुँदैन ! प्रहरी राज्य हो त्यसैले !


























