बालुवाटार जग्गा प्रकरण : माधव नेपाल र बाबुरामविरुद्धको रिटमा सर्वोच्चले फेरि सुनुवाइ गर्ने
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र बाबुराम भट्टराईविरुद्ध मुद्दा नचलाउने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय विरुद्धको रिटमा पेसी तोकिएको छ। वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले दायर गरेको रिटमाथि सर्वोच्चमा सोमबारका लागि पेसी तोकिएको हो।