विराटनगर । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगति र उत्रतिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
उहाँबाट आज जारी गरिएको शुभकामना सन्देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्ल पूर्णिमाका दिन मनाइने यस अवसरमा आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने महत्वका साथ हेरिने उल्लेख गर्नुभएको छ ।
प्रदेश प्रमुख अधिकारीले वर्तमान अवस्थामा विश्व कोभिड –१९ को महामारीबाटमुक्त भइसकेको अवस्था छैन । उहाँले पुनः जोखिम बढ्न थालेकाले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ अत्यन्तै सावधानीपूर्वक भौतिक तथा सामाजिक दूरी कायम गर्दै होली पर्वलाई घर–परिवारमा मात्र मनाउनु आग्रह गर्नुभएको छ ।
उहाँले होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैलाई पनि ईच्छा विपरीत रङ् नलगाउनु, कसैलाई पनि दुव्र्यवहार नगर्नु हुन र अवाञ्छित क्रियाकलाप नगर्न, नगराउनु हुन अनुरोध गर्नु भएको छ ।