काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापीर रुपमा फैलिएको कोरोना भाइरसबाट बच्न स्वास्थ्य सावधानीका साथ फागूपूर्णिमा (होली) मनाउन आह्वान गर्नुभएको छ ।
अहिले पनि कोरोना भइरस कोभिड-१९ महामारी टरिनसकेको भन्दै राष्ट्रपति भण्डारीले पूर्व सावधानीका उपाय अवलम्बन गर्न आग्रह गर्नुभएको हो ।
होली पर्वको शुभकामना दिँदै उहाँले यसले लोक संस्कृतिको प्रवर्धन गर्ने र समस्त नेपालीहरूबीच आपसी सद्भाव¸ सहिष्णुता¸आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धिगरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
साथै यसै पर्वका अवसरमा राष्ट्रपति भण्डारीले सुसंस्कृत र न्यायपूर्ण समाज निर्माणको कामनासमेत गर्नुभएको छ । ‘यो पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸विसङ्गति¸कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिसहितको सभ्य¸सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु,’ उहाँको शुभकामना सन्देशमा उल्लेख छ ।