काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्निप्रसाद सापकोटाबीच संसद सञ्चालनको समग्र विषयमा आज छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा संसदलाई प्रभावकारी बनाउने विषयमा झण्डै दुई घण्टा छलफल भएको बताइएको छ । संसदमा रहेका जरुरी र महत्पूर्ण विधेयक अगाडि बढाउने विषयमै छलफल केन्द्रित रहेको बताइएको छ ।
संसदको अर्को बैठक चैत १८ गतेको लागि बोलाइएको छ।
प्रतिनिधि सभा पुनर्स्थापना भएपछि फागुन २३, २६, चैत ३, १० र १३ गते बैठक बसेको थियो ।
सरकारले ल्याएका महत्वपूर्ण अध्यादेशहरुलाई समेत सभामुखले अगाडि नबढाएपछि सरकार र संसदबीच टकराव देखिएको थियो । सभामुख सापकोटाले उनको पूर्व पार्टीका अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको आरोप लागिरहेको छ ।
प्रधानमन्त्री ओलीले शुक्रबार बसेको एमाले संसदीय दलको बैठकमा प्रतिनिधि सभा राम्रोसँग अघि नबढे अधिवेशन छिट्टै अन्त्य गर्ने संकेत गर्नु भएको थियो ।