गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन
पोखरा, पोखराको गैह्रापाटनस्थित पोखरा थिएटरको गन्धर्व नाटकघरमा ‘बाकस’ मञ्चन भइरहेको छ । पोखरा थिएटरको छैटौँ प्रस्तुतिको रूपमा यही वैशाख ६ बाट मञ्चन भइरहेको नाटक २१ गतेसम्म निरन्तर मञ्चन हुनेछ । नाटक हेर्ने दर्शकको सङ्ख्या बढ्दै गएको पोखरा थिएटरले जनाएको छ