काठमाडौँ, केहि समय पहिले लोक गीत भन्ने वित्तिकै गाउँले भाकाको रुपमा परिचित थियो । पछिल्लो समयमा भने लोक गीत गाउँमा भन्दा शहरमा बढी गुन्जन थालेको छ । एक महिना पहिले सार्वजनिक भएको लालुमै बोलको गीतले एक करोड भ्यूज कटाएको छ । यो गीत सालको पातपछि छिटो करोड क्वमा प्रवेश गराउन सफल दोस्रो गीत हो ।
सालको पात र लालुमैले नेपाली लोकसंगीतलाई नयाँ उचाईमा पुर्याएको लोकसंगीतका हस्तिहरुले बताएका छन् । यसअधि लोकगीत भन्नासाथ पाखेहरुको गीतका रुपले हेर्ने गर्दथे । तर आजभोली सर्वत्र शहर या बजार लोक गीतका भाकाहरु गुञ्जायमान भएको पाउन सकिन्छ ।
विष्णु माझी र सन्दिप न्यौपानेले स्वर भरेको लालुमै गीत अहिले धेरैले मनपराईएको गीतका रुपमा सावित गर्न सफल भएको छ । यस गीतमा शब्द र संगीत शिव हमालको रहेको छ । लोक क्षेत्रमा अलराउण्डरको नामले चिनीने हमालले यसअघिनै पछ्यौरी देउ बैना, कस्लाई सोध्ने होला जस्ता हिट गीतहरु मार्फत आफ्नो परिचय दिइसकेका छन् ।
एकपछि अर्को हिट गित दिने गायिका विष्णु माझीको बजार अझै फराकिलो भएको छ । उनी यतिबेला नेपालकै सर्वाधिक लोकपृय र महंगी गायिकाको रुपमा मानिएकी छिन् । भूमिगत ढंगले स्टुडियोमा गएर गीत रेकर्ड गराउने माझिको देश विदेशका कार्यक्रमहरुमा उनको माग अत्याधिक भए पनि स्रोता तथा दर्शकको चाहाना पूराहुन सकेको छैन । उनले गीत गाउँदा स्टुडियामा समेत झ्याल ढोकामा पर्दा लगाएर गाउँन थाल्छिन । विष्णुले गाउने गीतहरुको बारेमा सुन्दरमणीले नै डिल गर्ने गर्छन् ।