आजको मौसमः तीन प्रदेशमा आंशिक बदली रहने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश नं. १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू्–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ।