विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा विश्वासको मत नपाएका हिक्मत कार्कीले मध्यावधि चुनावको तयारीमा नरहेको बताएका छन् । प्रदेशसभाको बैठकपछि बाहिरिदै कार्कीले आफूहरु मध्यावधि चुनावको तयारीमा नरहेको बताएका हुन् ।
कार्कीले आफूले मुख्यमन्त्रीबाट राजीनामा दिन नपर्ने बताए । विश्वासको मत विभाजनमा कार्कीले ४६ मत प्राप्त गरे । बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक थियो ।























