मधेश सरकारमा माओवादी सहभागी, सरकारले पूर्णता पायो
जनकपुर । मधेश प्रदेश सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागी भएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले माओवादी केन्द्रबाट उद्योग वन तथा पर्यटन मन्त्रीमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अंसारीलाई नियुक्त गरेका हुन् । योसँगै मधेश सरकारले पूर्णता पाएको छ ।