उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी किरण बज्राचार्यलाई
काठमाडौं । काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हालेकी छन्। योसँगै उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् । सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै बज्राचार्यले जिम्मेवारी सम्हालेकी हुन्।