रविविरुद्ध पर्साबाट पनि पक्राउ पुर्जी जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पर्साबाट पक्राउ पुर्जी जारी भएको छ । सहकारी संस्थाको बचत रकम हिनामिनामा मुछिएर गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन् । लामिछानेमाथि बीरगन्जको सानो पाइला बचत