काठमाडौं । हाल देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, लुम्बिनी, मधेस लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरू लगायत बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
कोशी प्रदेश, गण्डकी प्रदेश, बागमती र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित सहित हल्का वर्षाको तथा उच्च पहाडी तथा हिमाली भू-भागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।