कोरोना सङ्क्रमित बढ्दा अस्पतालमा साधनस्रोतको अभाव हुँदै
सुदूरपश्चिम । कोरोना सङ्क्रमित बिरामी बढ्दै गएपछि सुदूरपश्चिम प्रदेशका सेती प्रादेशिक अस्पताल धनगढी र महाकाली अस्पताल महेन्द्रनगरमा शय्या र दक्ष जनशक्तिलगायत स्रोत साधनको अभाव देखिन थालेको छ । महाकाली अस्पतालमा शङ्कास्पदको नमूना परीक्षण गर्न आवश्यक पर्ने कीटको अभावसमेत देखिएको छ