थप दुई नगरसँग भगिनी सम्बन्ध स्थापना गर्दै महानगर
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले थप दुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गरेको छ । कामपाले मङ्गलबार प्रदेश नं १ को पाख्रीबास नगरपालिका र सुदूरपश्चिम प्रदेशको अमरगढी नगरपालिकासँग सम्बन्ध स्थापनामा हस्ताक्षर गरेको हो । समझदारीपत्रमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य