काठमाडौँ । काठमाडौँ उपत्यकाको जारी निषेधाज्ञा भदौ ८ गतेसम्म थपिएको छ । काठमाडौँ उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरूको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
साथै सो बैठकले बिहीबारदेखि राति आठ बजेपछि सवारीसाधन चलाउन निषेध गरेको छ । राति ८ बजेपछि अति आवश्यकबाहेकका सवारीसाधनहरू चलाउन निषेध गरिएको हो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार कोभिड–१९ भाइरसको संक्रमण बढ्दै जाँदा रात्रिकालीन समयमा हुने सवारीसाधनको आवतजावतमा कडाइ गरिएको छ । अत्यावश्यक सवारीसाधन चाहिँ जतिसुकै वेला चल्न पाउने उहाँले बताउनुभयो । हाल जारी निषेधाज्ञा भोलि बुधबार सकिँदैछ । अरू निर्णयहरू साबिककै रहेका छन् ।




























