नाकामा कडाइ गर्दै झापामा फेरि निषेधाज्ञा
झापा । कोभिड–१९ को सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि झापाका सीमा नाकामा कडाइ गर्दै फेरि निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आजदेखि सात दिनसम्म जिल्लामा निषेधाज्ञा जारी गर्दै सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गर्नुभएको छ