काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार सर्लाहीमा वडा तहको अधिवेशन हुँदैछ । गत २७ कात्तिकमा तय वडा अधिवेशन विवादका कारण स्थगित गरिएको थियो । आजका लागि तय भएको वडा अधिवेशनका क्रममा जिल्ला निर्वाचन अधिकृत नै कुटिनुभएको छ ।
मलंगबास्थित पार्टी कार्यालयमा छलफलका क्रममा जिल्ला निर्वाचन अधिकृत दिवाकर पाण्डे कुटिनुभएको हो । क्रियाशील सदस्यताको विषयमा बलरामा वडा अधिवेशन रोक्न माग गरेको र निर्वाचन अधिकृत पाण्डेले अस्वीकार गर्दा उहाँमाथि हातपात भएको हो ।
सर्लाहीमा प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह र प्रदेशसभा सदस्य वीरेन्द्र सिंहको खेमामा कांग्रेस विभक्त छ ।