आरक्षपीडितको समस्या चाँडै समाधान हुन्छ : वनमन्त्री आले
काठमाडौँ । वन तथा वातावरण मन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाँडो समाधान गर्ने बताउनु भएको छ । चौथो शुक्लाफाँटा पर्यटन महोत्सवको उद्घाटन कार्यक्रममा मन्त्री आलेले वर्षौंदेखि आरक्षपीडित भएकाहरूको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो ।