काठमाडौं । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराले राजीनामा दिएका छन् । केपी शर्मा ओली नेतृत्वको नेकपालाई समर्थन गर्दै बोहोराले मन्त्री पदबाट राजीनामा दिएको बताइएको छ ।
पूर्व माओवादीबाट निर्वाचित बोहोराले मुख्यमन्त्री सहित प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाका नेताहरुसँग असहमति जनाउँदै राजीनााम दिएका हुन ।
सुदूरपश्चिम प्रदेशसभामा प्रचण्ड–माधव पक्षको बहुमत छ । केही दिनअघि मात्र मुख्यमन्त्री त्रिलोचन भट्टले भौतिक पूर्वाधारमन्त्री पठानसिंह बोहोरालाई बर्खास्त गरेका थिए । सुदूरपश्चिमका प्रचण्ड–नेपाल समूहका कैयन नेता ओली नेतृत्वको नेकपातिर आउने तयारी गरिरहेको एक नेताले बताएका छन् । संसद विघटनको विरोध गर्दै प्रचण्ड–नेपाल समूहतिर लागेका नेताहरु कुरै बुझ्दै जाँदा संसद विघटन राष्ट्र र पार्टीका लागि सही रहेछ भन्ने लागेको बताउँन थालेका छन् ।