धनगढी । नेकपाका स्थायी समिति सदस्य भीम रावललाई आर्थिक हिनामिनाको आरोपमा कार्बाहीका लागि सिफारिस भएको छ । केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा सुदूरपश्चिम कमिटीको वैठकले नेता रावललाई कारवाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको हो ।
रावलले पार्टीको पैसा हिनामिना गरेकाले कार्बाही गर्न सिफारिस गरिएको प्रदेश इन्चार्ज लेखराज भट्टले बताएका छन् । नेकपामा विवाद आउनु अघि रावल सुदूरपश्चिम प्रदेश इन्चार्ज थिए ।
रावलको इन्चार्जको जिम्मेवारी खोसे पनि अझै केन्द्रीय कमिटी सदस्यबाट हटाएको छैन ।
प्रचण्ड–माधव नेतृत्वको नेकपाको सुदूरपश्चिम इन्चार्ज रावलले भने वैधानिक नेकपा आफूहरु भएकाले पार्टी कोषबारे सोधखोज गर्ने अधिकार अरुलाई नभएको दावी गरेका छन् ।