बुद्धका शिक्षाबाट शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्राप्त हुनु गौरवपूर्ण : प्रधानमन्त्री ओली
बाकु (अजरबैजान), प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका अमर छोरा बुद्धको शिक्षा पञ्चशीलबाट शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त प्राप्त हुनु नेपालीका लागि अति गौरवको कुरा भएको बताउनुभएको छ । ‘बाकु कङ्ग्रेस सेन्टर’मा असंलग्न अभियानका राष्ट्र तथा सरकार प्रमुखहरुको अठारौँ शिखर सम्मेलनमा सम्बोधनका