काठमाडौ, प्रतिनिधिसभामा आर्थिक विधेयक २०७६ बहुमतले पारित भएको छ ।
शुक्रबार बसेको बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले विधेयक पारित होस् भनी राखेको प्रस्ताव सभामुखले निर्णयार्थ प्रस्तुत गरेपछि बहुमतले पारित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने विधेयकको विपक्षमा उभिएको थियो ।
नेमकिपाका सांसद प्रेम सुवालको एकल र कांग्रेस सांसद मिनेन्द्र रिजालसहित चार जनाले हालेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत गरेको थियो । बैठकमा अर्थमन्त्री खतिवडाले कर प्रणालीमा कुनै भ्रम नराख्न आग्रह पनि गर्नुभयो । नक्कली विलबिजक पेश गर्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउने भन्दै उहाले राजस्व चूहावट गर्नेलाई कारवाहीको व्यवस्था भएको जानकारी दिनुभयो ।
बैठकले राष्ट्र ऋण उठाउने विधेयक, २०७६ , “ऋण तथा जमानत (तेइसौं संशोधन) विधेयक, २०७६ पारित गरेको छ ।