संसद् पुनर्स्थापना रोक्न र चुनाव सार्न सरकार–विदेशी शक्तिको षड्यन्त्र : ओली
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनर्स्थापना हुन नदिन सर्वोच्च अदालतका न्यायाधीशहरूलाई दबाब र धम्की दिइँदै आएको आरोप लगाएका छन्। मंगलबार बसेको एमाले सचिवालय बैठकमा बोल्दै उनले यसमा देशी तथा विदेशी शक्तिहरू सक्रिय रहेको दाबी गरेका हुन्।