काठमाडौँ । नेकपा (एमाले)को सचिवालय बैठक आज दिउँसो २ बजे बस्ने भएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा पछिल्लो राजनीतिक विकासक्रम र बजेटबारे छलफल हुने बताइएको छ ।
आजको वैठकमा निलम्बित स्थायी समिति सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाको कारबाही फुकुवा गर्ने निर्णय हुन सक्ने बताइएको छ ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग भइरहेका बेला सत्ता नेतृत्वकर्ता एमालेको सचिवालय बैठक बस्न लागेकाले यस विषयमा के निर्णय होला भन्ने चासोका साथ हेरिएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा विदेश जाने नेपालीहरूबाट रकम असुली भएको प्रकरणमा गृहमन्त्री लेखकसमेत संलग्न रहेको आरोप लागेपछि उनकै पार्टी कांग्रेसकै नेताहरूले नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका छन् भने विपक्षी रास्वपालगायतले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् ।

























