काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। बैठक मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी आह्वान गरिएको छ।
बैठक राष्ट्रिय सभाको निर्वाचन सम्बन्धी छलफलका लागि आयोजना गरिएको हो। माघ ११ गते राष्ट्रिय सभा निर्वाचन हुँदैछ भने उम्मेदवारी दिने समय तालिका अनुसार पुस २३ गते उम्मेदवारी पेस गर्नुपर्ने व्यवस्था छ।
राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेससँग तालमेल गर्ने तयारी एमालेले गरिरहेको छ।




















