संविधानमा संसद् विघटन र संसद् बाहिरबाट प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छैन : सभामुख घिमिरे
विराटनगर । प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले नेपालको संविधानले अहिलेको परिस्थितिमा संसद् विघटनको कुनै सम्भावना नै नछोडेको बताएका छन् । विराटनगरस्थित कोशी प्रदेश सभाको क्षतिग्रस्त भवन निरीक्षणपछि पत्रकारहरूसँग कुरा गर्दै उनले संविधानमा यस अवस्थाको लागि संसद् विघटनको व्यवस्था राखिएको छैन