काठमाडौं । प्रतिनिधि सभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । नेपाल सरकारका पूर्वसचिव अधिकारीलाई सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्त गरेका थिए । सभामुख घिमिरे कम्बोडिया भ्रमणमा भएका बेला सचिव अधिकारीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राजीनामा दिएका हुन् ।
गत असार १७ गते सचिवि नियुक्त भएका अधिकारीले स्वास्थ्यलाई कारण देखाउँदै राजीनामा दिएको स्रोतले बताएको छ ।