काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले संसदको कार्यसूची र हालको अवरोधको विषयमा प्रमुख सचेतकहरूसँग छलफल गरेका छन् ।
छलफल सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको हो । बैठकमा संसदको क्यालेन्डर लगायतका विषयमा विचारविमर्श गरिएको जनाइएको छ।
छलफलमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका प्रमुख सचेतकहरू सहभागी भएका थिए ।
हाल संसदमा प्रतिपक्षी दलहरूले निरन्तर अवरोध गरिरहेका कारण बजेटमाथिको छलफल अघि बढ्न सकेको छैन । यसै सन्दर्भमा सभामुखले नियमित रूपमा दलका प्रमुख सचेतकहरूसँग परामर्श गर्दै आएका छन् ।
























