काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुख देवराज घिमिरेलाई भेटेर सभापति रवि लामिछानेको निलम्बन फुकुवाको लागि दवाव दिएको छ ।
एक महिनाअघि नै सभापति लामिछानेको निलम्बन फुकुवाको माग गर्दै सभामुख घिमिरेलाई ज्ञापनपत्र बुझाएको रास्वपाले सुनुवाई नभएपछि मंगलबार पुनः सभामुखलाई भेटेर दवाव दिएको हो ।
सोमबार लामिछाने ६ महिनापछि पार्टी कार्यालयमा सभापतिकै हैसियतमा उपस्थित भएका थिए । पार्टी बैठकको अध्यक्षतासमेत गरेका उनले राज्यले राजनीतिक प्रतिशोध साँधेर आफूलाई दुःख दिएको आरोप लगाए ।
पार्टी कार्यालय पुगेका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुलाई सम्वोधन गर्दै रविले चितवनबाट मध्यराति त्रिशुलीको किनार हुँदै पोखरा लगेको बताउँदै सरकारले आफूलाई जिउँदै छोड्नु नै जित भएको समेत बताए ।