डा. भट्टराईको पहलमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको छलफल
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पहल र मध्यस्थतामा नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि छलफल सुरु गरिएको छ । डा. भट्टराईका अनुसार नयाँ र वैकल्पिक राजनीतिक दल, समूह तथा अभियन्ताहरूबीच विस्तृत वैचारिक र संगठनात्मक संवादको प्रारम्भ भइसकेको छ ।