चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सम्मानमा मङ्गलबार ग्रेट हल अफ पिपलमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गरेको छ ।
त्यसपछि चिनियाँ प्रधानमन्त्री ली छ्याङले प्रधानमन्त्री ओलीलाई स्वागत गर्दै नेपाल-चीन द्विपक्षीय भेटवार्ता सुरु गरेका थिए । यो भेटमा दुवै देशका अधिकारीहरूले आठ बुँदामा आधारित सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
तस्वीर : रासस