सिन्धुपाल्चोक । कृषि उत्पादनमा गरेको सहयोग परिणाममुखी बनाउँन कृषकहरु नै लाग्न पर्ने र स्थानीय स्तरमा उत्पादन सामाग्रीको स्थानीय स्तरमा नै खपत गराएर स्थानीयलार्ई रोजगारका साथै आय आर्जनका लागि कृषक सञ्जाल गठन गर्न लागिएको चौतारासाँगाचोकगढी नगरपालिकाका प्रमुख कृष्ण प्रसाद सापकोटाले बताएका छन् ।
वास्तवीक कृषक जो मेहनत गर्छ उसैलाई सहयोग गर्न पर्ने भएको भएता पनी कृषकहरुको उत्पादनले बजारीकरणमा ठगीएकाले यसको रोकावटका लागि यो योजना ल्याएको समेत बताए । नगर प्रमुख सापकोटाले नगरस्तरिय कृषक समुह, कृषि सहकारी सस्थाका प्रतिनिधीहरुको चौतारामा भएको भेलालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।
कृषि उत्पादनमा आधारित अनुदान बितरण गरिएको, दुधमा अनुदान दिएको, बिउको राँगा, बोका अनुदान दिएको, कृषि प्रबिधीहरु दिएको भएता पनि अनुदान अनुसार उपलब्ध नभएको महसुुस भएकाले यो बिधी अपनाइएको बताए । उनले कृषकलाई कुन कुन सहयोग गर्न पर्छ नगरपालिका सहयोग गर्न तयार रहेको तर उपलब्धिमुलक हुन पर्ने बताएका छन् ।
कार्यक्रममा उप प्रमुख सिता थापाले नगरपालिकाबाट कृषकहरुलाई दिइएको बिउका राँगा, बोकाहरुका बारेमा उपलब्धी नदेखिएको र नगरपालिकाबाट अनुदानमा लिएर स्थानीयलाई बोका लगाउँदा पुरै ज्याला लिने गरेको गुनासो आएकाले उपलब्धीबिहीन भएको बताइन् । उनले समुहका सदस्यहरुले पुरै पैसा दिन पर्ने भए पछि यो अनुदानको औचित्य नभएकाले प्रत्यक्ष रुपमा कृषकले अनुदानको अनुभुती पाउँने गरी नगरपालिकाले कार्यक्रम ल्याउँन लागेको बताएकी छिन् ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बैकुण्ठ सापकोटाले नगरपालिकाबाट कृषि क्षेत्रमा धेरै अनुदानको व्यवस्था गरेको देखिएको वताउँदै कृषकका लागि छुट्याइएको बजेट सदुपयोग गर्नका लागि नगरपालिका लागिपरेको बताए ।
नगर सभाले कृषकको हितका लागि बजेट बिनीयोजन गरेको छ । तर २÷३ बर्षसम्म पनि कार्यन्वयवनमा आएको छैन । यो हुनुमा कृषकको प्रत्यक्ष सहभागी नहुनु हो, अर्कातर्फ कृषकद्धारा उत्पादन गरेका सामाग्रीहरुको मूल्य नपाउँनु उपभोक्ताले भने महङ्गोमा किन्न पर्ने भएकाले पनी कृषकहरुकै सहभागितामा कृषक सञ्जालको व्यवस्था गर्दा बिचैलीयाको अन्त्य भएर उत्पादनमा बृद्धी हुन्छ की भनेर यो कार्यक्रमको आयोजना गरिएको बताए ।
कार्यक्रममा वडा अध्यक्षहरुको तर्फबाट ५ नं का वडाअध्यक्ष शिब श्रेष्ठले कृषकले उत्पादन गरेको सामाग्रीहरु सुपथ मुल्यमा उपभोक्ताले पाउँने र कृषकले पनी उचित मुल्य पाउँने व्यवस्थाका लागि नगरपालिका लागि परेकोले जती उत्पादन गर्ने हो गर्नुहोस बजारीकरणका लागि कालीमाटीको व्यपारीको भाउमा चौतारामा लिने व्यवस्था नगरपालिकाले गर्छ भन्नु भयो ।
नगर सहकारी सञ्जालका अध्यक्ष नरमान श्रेष्ठले समुह, सहकारी जे भए पनी कृषकका हितका लागि काम गर्न पर्ने बताउँदै नगरपालिकाले नगरका कृषकहरुको हितका लागि काम गरिरहेको जानकारी दिए ।
उद्योग बाणिज्य सङ्घ सिन्धुपाल्चोकका उपाध्यक्ष उजारसिङ तामाङले हरेक बिपदमा आफ्ना सदस्यहरुलार्ई सहयोग गरिरहेको बताए । उनले उद्योग बाणिज्य सङ्घमा सदस्यता लिन र नबिकरण गर्न अनुरोध गर्दै नगर पालिकाले सहयोग अनुदान दिएको आधारमा कृषि उत्पादन हुन नसकेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
उनले बीउ बिजन उत्पादनमा समेत गत बर्षहरु जस्तो उपलब्ध हासिल गर्न नसकेकाले यसतर्फ ध्यान दिन अनुरोध गरेका छन् । उनले अनुदान लिने र दिने कुरा ठुलो होईन अनुदान दिने र लिने दुबै पक्षले उपलब्धी भयोभएन भनेर मुल्याङ्कन गर्न सक्न पर्ने बताए ।
नगर कृषि बकिास शाखाका प्रमुख चिरन्जीबी कट्टेलले सञ्चालन गरेको उक्त कार्यक्रममा १४ वटा वडाका प्रतिनिधीहरु रहने गरी सञ्जाल गठन भएको छ । सञ्जालको अध्यक्षमा नन्द लाल नेपाल, उपाध्यक्षमा शसिला केसी, सचिबमा पदमलाल श्रेष्ठ कोषध्यक्षमा सिर्जना गिरी सहित १७ सदस्यीय नगर कृषि सञ्जाल गठन भएको कृषि बिकास शाखा प्रमुख कटेलले जानकारी दिए । उनका अनुसार यो तदर्थ समिति हो नगर पालिकामा २८६ समुह दर्ता छ त्यसमा नबीकरणको सख्या न्युन छ नबीकरण भएकाहरुलाई मात्र भेलामा सहभागी गराइएको हो भन्दै केही समय पछि नबीकरण गर्न आउँने सबैलाई समेटेर भेला बोलाउँने काम का साथै नगरमा रहेका कृषकहरुको हितका लागि काम गर्ने गरी यो तदर्थ समिती गठन भएको हो ।
– नेत्र बहादुर बस्नेत