काठमाडौँ । फूलपातीको दिनदेखि प्रदर्शनमा आउने फिल्म ‘भष्मेडन’को ट्रेलर सार्वजनिक भएको छ । विपिन कार्कीको मुख्य भूमिका रहेको ट्रेलरले भष्मेको आठ वर्षको जीवनलाई प्रस्तुत गर्ने प्रयास गरेको छ भने सौगात मल्ल मधेसी चरित्रमा देखिएका छन् ।
दीपेन्द्र के खनालको निर्देशन रहेको चलचित्रलाई खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्ममा विपिन र सौगातबाहेक प्रकाश घिमिरे, स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँलगायतका कलाकारको अभिनय रहेको छ ।
फिल्मका यसअघि दुई गीत र टिजर सार्वजनिक भएका थिए ।




















