काठमाडौँ । अभिनेत्री श्वेता खड्काले मंगलबार बालकोट पुगेर पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेकी छन् ।
पति विजयेन्द्रसिंह रावत र नाबालक छोरी ब्रिआनालाई साथमा लिएर बालकोट पुगेकी अभिनेत्री खड्काले सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्बिरमा प्रशन्न मुद्रामा देखिएकी छिन् ।
ओलीसँगको भेटपछि कुनै पनि काम प्रेमपूर्वक गर्दा लक्ष्मीको बास हुने बताएकी श्वेताले ओलीले छोरी ब्रिआनालाई प्रेमपूर्वक साथमा लिएर आशीर्वाद पनि दिएको बताएकी छन् ।
श्वेताले लेखेकी छिन ‘काम ठूलो हुनु पर्दैन, जे गर्छौँ प्रेमपूर्वक गर्दा सदैव लक्ष्मीको बास हुन्छ, सम्मनानीय पूर्वप्रधानमन्त्री केपी बुवा हजुरसँग पहिलो भेट ब्रिआनाको, आशिर्वाद लिँदै।’