काठमाडौँ । अब विदेशी चलचित्र प्रदर्शनको १५ दिनअघि नै सेन्सर हुनुपर्ने भएको छ । चलचित्र विकास बोर्डले विदेशी फिल्म १५ दिन अघि नै सेन्सर गरेर मात्रै चल्न दिने निर्णय गरेको हो ।
असार ७ गते बसेको बोर्ड वैठकले विदेशी चलचित्र १५ दिनअघि नै जाँचपास गर्नुपर्ने निर्णय गरी उक्त निर्णय कार्यान्वयनका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको छ ।
दक्षिण भारतीय चलचित्र ‘आदिपुरुष’ प्रदर्शनपछि राष्ट्र, राष्ट्रियता, संस्कृतिलगायत विषयमा सवाल उठेपछि चलचित्र जाँच र प्रदर्शनलाई थप व्यवस्थित बनाउन उक्त निर्णय गरिएको बोर्ड अध्यक्ष भूवन केसीले बताएका छन् ।