काठमाडौं । नेकपा(एमाले)का सांसद पृथ्वीसुब्बा गुरुङले संघ र प्रदेशमा मन्त्रालयको संख्या घटाउनुपर्ने बताएका छन् ।
बुधवारको प्रतिनिधि सभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिदैँ सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताएका हुन् ।
त्यसैगरी प्रदेशमा मन्त्रालयको संख्या ७ वटा कायम गर्नुपर्ने उनले बताए । उनले मन्त्रालय धेरै हुँदा फजुल खर्च भएको भन्दै खर्च कटौतिका लागि मन्त्रालय संख्या घटाउन आवश्यक रहेको बताए । त्यस्तै संघीय सरकार अन्तर्गतको विभागहरु घटाएर १५ विभाग कायम गर्नुपर्ने र जिल्ला समन्वय समिति पनि खारेज गर्नुपर्ने उनले बताए ।
उनले पुँजीगत खर्च अभिवृद्धि गर्ने उपायहरुको सम्बन्धमा सरकारले सोच्नुपर्ने बताए । उनले पूर्वाधारहरुको सम्बन्धमा नयाँ योजना आवश्यक नभएको भन्दै निर्माणाधिन अवस्थामा रहेका ठुला आयोजनालाई सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने बताए ।




















