काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा ‘नाम मुछिएका’ कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाँण पत्नी मञ्जु खाँणको संलग्नताबारे प्रहरीले अनुसन्धान थालेको छ ।
प्रहरी उच्च स्रोतले दिएको जानकारीअनुसार सार्वजनिक भएको अडियो प्रकरणलाई नजिकबाट अनुसन्धान थालिएको छ भने त्यसमा नाम लिइएका दुई सांसद आरजु राणा देउवा र मञ्जु खाँणको संलग्नताबारे प्रमाण जुटाउने प्रयास गरिएको छ ।
“आरजु देउवा र मञ्जु खाँणको पनि नाम जोडिएर आएको छ,” प्रहरी उच्च स्रोतले भन्यो, “सार्वजनिक भएको अडियोमा दुवैजनालाई रकम दिइएको उल्लेख छ । त्यसको प्रमाण जुटाउने काम भइरहेको छ ।”
उनीहरु पनि दोषी देखिए पक्राउ गर्न सक्ने प्रहरी अधिकारीको धारणा छ ।




















