काठमाडौं । सांसद् प्रेम सुवालले सरकारले पुनः विश्वासको मत लिनुपर्ने बताएका छन् । प्रतिनिधि सभामा बोल्दै सांसद् सुवालले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पुनः विश्वासको मत लिनुपर्ने धारणा राखेका हुन् ।
सरकारलाई समर्थन गरेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने धारणा उनको थियो ।
सुवालले वाइडबडी काण्डदेखि सबै भ्रष्टाचारको छानविन हुनुपर्ने बताए । यस्तै, सांसद् अमरेशकुमार सिंहले भ्रष्टाचार छानविन गर्न उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे ।




















