काठमाडौं । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले तीन दिनभित्र संसदीय सुनुवाई समितिको नेतृत्व टुंग्याउन दलहरूलाई आग्रह गरेका छन् ।
आइतबार बिहान संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले संसदीय सुनुवाइ समितिसहित संयुक्त समिति तीन दिनभित्र टुंग्याउन दलहरूलाई आग्रह गरेका हुन् ।
यस्तै, सभामुख घिमिरेले बैठकमा सांसदहरूको हाजिरी संसद्को वेबसाइटमार्फत् सार्वजनिक गरिने जानकारी दिए ।




















