काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक सुरू भएको छ। पार्टी कार्यालय बसुन्धारामा बैठक सुरू भएको पार्टी प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।
रास्वपाको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा जाने नजाने विषयमा निर्णय गर्नेछ। प्रधानमन्त्री प्रचण्डले यसअघि नै रास्वपाका सभापति रवि लामिछानेलाई सरकारमा आउन आग्रह गरेका थिए । सभापति लामिछानेले पुरानै मन्त्रालय पाएमात्रै सरकारमा सहभागी हुने अडान राखेका थिए । लामिछानेको प्रस्तावमा प्रचण्ड सकारात्मक देखिएको बालुवाटार स्रोतले बताएको थियो ।
यद्यपि नेकपा एमालेसँग नयाँ गठबन्धन बनाउने तयारी पनि लामिछानेले गरिरहेको बताइएको छ ।



















